arrow

प्रतिनिधि सभाले भोलि उपसभामुख पाउँदै, रास्वपाले उम्मेदवार टुङ्गाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
parliament-house.jpg

काठमाडौं ।  प्रतिनिधि सभाले हिजो सभामुखमा  पाएसँगै आजबाटबाट उपसभामुख छान्ने प्रक्रिया सुरु भएको छ । उपसभामुखको निर्वाचन भोलि शनिवार हुने तय भएको छ ।  सोही अनुरूप आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दर्ता गर्दै छन् । 

संसद् सचिवालयका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।  साथै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । भोलि १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख छान्नेछ  ।

प्रतिनिधि सभामामा रिक्त रहेको उपसभामुख पदका लागि सत्ता साझेदार दल र विपक्षी दलले आआफ्ना उम्मेदवारलाई अघि सार्दै छन् । सत्ता गठबन्धन दलबीच उपसभामुख रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति रहेको छ ।  

रास्वपाबाट सोविता गौतमलाई उपसभामुख बनाउन सक्ने सम्भावना बलियो रहेको छ । सोवितासँगै चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरको  पनि नाम चर्चामा रहेको छ । 

सोही विषयमा निर्णय गर्न रास्वपाले आज संसदीय दलको बैठक बोलाएको छ । आज ९ बजे बस्ने बैठकले उपसभामुखको उम्मेदवारको टुङ्गो लगाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ