arrow

रास्वपाले छान्यो उपसभामुखको उम्मेदवार, उम्मेदवारी दर्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
parliament-house.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुखमा उम्मेदवार टुंगाएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।  बीबीसीले प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा राखेकी मगरलाई रास्वपाले उपसभामुख बनाउने निर्णय गरेको हो । 

प्रतिनिधि सभामामा रिक्त रहेको उपसभामुख पदका लागि सत्ता साझेदार दलको तर्फबाट मगर उपसभामुख को उम्मेदवार रहनेछिन् ।  सत्ता गठबन्धन दलबीच उपसभामुख रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको थियो ।   विपक्षी दल कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । 

मगरको प्रस्तावकमा सोबिता गौतम रहेकी छिन् । सोबिता आफै पनि सभामुख बन्ने चर्चामा थिइन् ।  उपसभामुखको निर्वाचन भोलि शनिवार हुने तय भएको छ ।  सोही अनुरूप आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दर्ता गर्दै छन् । 

संसद् सचिवालयका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।  साथै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । भोलि १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख छान्नेछ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ