arrow

'चीन–अमेरिका आर्थिक सम्बन्ध महत्त्वपूर्ण चरणमा'

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
America-US-China.jpeg

न्युयोर्क। चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्त्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता बुझ्नुपर्नेमा जोड दिएको छ । 

वासिङ्टनस्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत सु सुयुवानले चिनियाँ नयाँ वर्षका अवसरमा चीन उद्योग वाणिज्य सङ्घले आज आज यहाँ आयोजना गरेको कार्यक्रममा चीन–अमेरिका बीचको व्यापारिक सम्बन्ध बुझ्न सही समझ र चीनको विकासको दृष्टिकोणबारे जान्न जरुरी भएको बताए । 

दुई देशको व्यापारिक सम्बन्ध पारस्परिक रूपमा लाभदायक छ भन्दै उहाँले आपसी समस्या समाधानका निम्ति परस्पर सम्मान र लचिलोपन आवश्यक भएको बताए । अन्तर्राष्ट्रिय आर्थिक एवम् व्यापारसम्बन्धी नियमहरूको परिपालनामा उनले जोड दिए । 

पारस्परिक सहयोगबाट दुवै देश लाभान्वित हुने तथा टकराब र द्वन्द्वबाट पराजयबाहेक केही हात नलाग्ने यथार्थ चिनियाँ कूटनीतिज्ञले प्रस्तुत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ