arrow

काँग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
congress-deputy-speaker-candidate.jpg

काठमाडौँ। नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्। उनको प्रस्तावकमा काँग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन्।

यता सत्तारुढ गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्।

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन्। साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ