arrow

रास्वपा सांसद श्रेष्ठको प्रश्न- 'भ्रष्टाचार विरुद्ध उच्चस्तरीय आयोग अर्को चुनावी एजेण्डा बनाउने?'

महिला सांसदहरूलाई चेली नभन्न अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
sumna-shrestha-rsp-parliament.jpg

काठमाडौं। उपसभामुखका लागि जारी संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अर्को चुनाव अघि भ्रष्टाचारको फाइल खोल्ने अनि चुनावी एजेण्डा बनाउने भन्दै प्रश्न गरेकी छन्। उनकै पार्टीका सभापति गृहमन्त्री भएपछि उनले भ्रष्टाचार विरुद्ध उच्चस्तरीय आयोग बनाउने घोषणा गरेका थिए। 

संसद्मा सुमनाले भनिन् 'हामीले भ्रष्टाचारको फाइल खोल्ने भनेका छौँ। उच्चस्तरीय आयोग बनाउने भनेका छौँ। यो कहिले गर्छौँ? अर्को चुनाव आउने बेलाको ठिक अगाडि? अनि समय अपुग भो भन्दै फेरि यसैलाई चुनावी एजेण्डा बनाउने कि अहिल्यै सुरु गर्ने?'

उनले सरकारको समस्या भनेको योजना छ तर मार्गचित्र र समय सीमा छैन भन्दै सुधार्न आव्हान गरिन्। उनले भनिन्  'हामीसँग प्रशस्तै योजना छन् तर स्पष्ट मार्गचित्र; कामको समय सीमा नै छैन।' 

अन्त्यमा सांसद सुमना श्रेष्ठले संसद्मा महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न अनुरोध गरेकी छन्।'यो सदनमा धेरै चोटि सुनियो चेली। महिलालाई, महिला नेतृलाई चेली भनेपछि पुरूषहरूलाई चेला भन्छौँ? भन्या त सुन्या छैनौँ। त्यसैले मेरो आह्वान छ महिला नेतृहरूलाई चेली नभनियोस्', शनिवार प्रतिनिधिसभा बैठकमा छलफलको क्रममा भाग लिँदै उनले भनिन्।

उनले भनिन् 'यदि आत्मीयता नै छ भने ३३ प्रतिशत न्यूनतम हो ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् ।'



नयाँ