arrow

मातेका ब्याङ्करले विमानमा मानिसमाथि पिसाब फेरेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
air-india2.jpg

भारत ।  भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एक जना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ ।

गत नोभेम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँ दिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिलामाथि गरेको दुर्व्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गरिएको हो ।

नयाँ दिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विना कारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।

त्यसै गरी उक्त विमानका एक जना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रूपमा चर्को आलोचना भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ