arrow

अशोक राई एमालेसँग नजिकिएपछि उपेन्द्र यादव तनावमा

पार्टी नै विभाजन भयो भने पनि आश्चर्य नमाने हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
yadav-Rai-Ashok-Upendra.jpg

काठमाडौं । एमालेबाट बाहिरिएका जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई पुनः एमालेतिर नजिक भएपछि उपेन्द्र यादव तनावमा रहेका छन् । मङ्सिर ४को चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट पराजित भएपछि जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष राईलाई नबाएपछि चिसिएको सम्बन्ध अहिले एमाले निकटसम्म पुगेपछि यादव तनावमा परेका हुन्  ।

जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए । तर उपेन्द्र यादवले बारा–२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता बनाएपछि राईले त्यहाँ असुरक्षित महसुस गरेका थिए । 

अहिले उनै राई एमालेसँग नजिक भएका थाह पाएसँगै यादव बालकोट पुगेका थिए । बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो असन्तुष्टि राखेको र ओलीले मिलाउने आश्वासन दिएका छन् । मन्त्रालय नमिलेको भन्दै यादवले सरकारमा जान आनाकानी गरिरहेका छन् । तर राई समूहले जसपामा धेरै असन्तुष्टि राख्न थालेको र त्यसको परिणाम सकारात्मक नहुने अवस्था देखेपछि यादव तनावमा परेको जसपा स्रोतले जनाएको छ । 

अशोक राईलाई संसदीय दलको नेता नबनाएका कारण जसपाभित्र रहेका पहाडी समुदायका नेताहरू अध्यक्ष यादवसँग रुष्ट रहेका छन् ।  अध्यक्ष यादवले नचाहेका कारण राई संसदीय दलको नेता हुन नसकेको भन्ने उनीहरूको बुझाइ छ । जो पूर्व एमाले पनि भएका कारण एमालेसँगै निकट हुन चाहिरहेका छन् ।

मन्त्रिपरिषद् विस्तार मन्त्रालयमा भावण्डामा असन्तुष्ट रहेका यादव एमालेसँगको सहकार्यमा रहनेकी नरहने भन्ने दोधारमै रहेका बेला सभामुख र उपसभामुखमा सत्ता गठबन्धनलाई नै समर्थन गर्दै आएका छन् । ‘मङ्सिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेको जसपाले अब सहकार्य अघि बढाउने कि तोड्ने भन्ने विषयले दुई नेताबीच दरार पैदा भएको छ ’, जसपाका एक नेताले भने । 

जसपा यादव  सप्तरीबाट चुनावमा पराजित भएपछि उनले एमालेप्रति शङ्काले हेर्न थालेका थिए । यादवको बुझाईमा एमाले–जसपा सहकार्यमा एमालेलाई नै बढी लाभ भएको छ । उनले आफूहरूको सहकार्य चुनावी प्रयोजनको लागि मात्रै भएकोले अब चुनाव सकिएपछि सहकार्यको औचित्य समाप्त भएको बताउन थालेपछि राईले त्यसको प्रतिवाद गरेका थिए । 

‘यतिबेला  वरिष्ठ नेता एवं सङ्घीय परिषद् अध्यक्ष अशोक राई भने एमालेसँग नै मिलेर अघि बढ्नुपर्ने पक्षमा छन्, यादव भने विपक्षमा रहेका छन्,जसले गर्दा पार्टी नै विभाजन भयो भने पनि आश्चर्य नमाने हुन्छ’, जसपाका ती नेताले भने ।

अहिले जसपासँग १२ सांसद रहेका छन् । प्रत्यक्षतर्फ जसपाले सात सिट जितेको छ । जसअनुसार अशोक कुमार राई प्रदीप यादव,  रामसहायप्रसाद यादव, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, राजकिशोर यादव हुन । समानुपातिकातर्फ प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान रहेका छन् । तर जसपाले यही समयमा सहकार्य र पार्टी एकताका लागि भन्दै राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको जुन समितिले नेकपा एससँग दुई चरणमा छलफल गरेको भएपनि कुनै ठोस परिणाम निस्कन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ