arrow

चीनमा एक साताभित्र कोरोनाबाट १३ हजार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
india-china-coronavirus-covid.jpeg

काठमाडौं ।  चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएको छ ।  

गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो । 

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ । 

गत  डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको  सिडिसिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ