arrow

इन्दिरा रास्वपाबाट भइन् अलग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
indra-rana-rss-speaker-deputy.jpg

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट अलग भएको घोषणा गरेकी छन् ।  उपसभामुख मगरले आज प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

 'प्रतिनिधिसभाको उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण राजनीतिक तथा सांगाठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,'  रानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माघ ७ गते राना प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिइन् ।  कुल उपस्थित २ सय ६४ सांसद मध्ये रानाको पक्षमा १ सय ६६ मत, विपक्षमा ९७ सय मत र मत नदिनेमा १ मत परेको खसेको थियो ।  

राना सत्ता साझेदार दलका तर्फबाट उपसभामुख बनेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ