arrow

भारत आफैद्वारा निर्मित वागीर नौसेनामा

भारतीय नौसेनालाई गुप्तचरीका लागि पनडुब्बी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
submarine.PNG

काठमाडौं । भारत आफैद्वारा निर्मित पनडुब्बी वागीरलाई भारतीय नौसेनामा सामेल गरिएको छ। यो  कलवरी वर्गको पाँचौँ पनडुब्बी हो ।  जसलाई भारतीय नौसेनामा समावेश गरिएको छ।

नौसेना प्रमुख एडमिरल आर हरि कुमारको उपस्थितिमा आईएनएस, वागीरलाई नौसेनामा सामेल गरिएको थियो। कलवारी क्लासका चार पनडुब्बी भारतीय नौसेनामा रहेका छन् ।

यो फ्रान्सेली कम्पनी नेभल ग्रुपसँगको सहकार्यमा मुम्बईको मजागन डक शिपबिल्डर्स लिमिटेडले निर्माण गरेको हो ।

 यस पनडुब्बीको विशेषता भनेको पनडुब्बी विरोधी युद्ध, गुप्तचर सङ्कलन, समुन्द्रमा ल्यान्डमाइन बिछ्याउने र निगरानी कार्यमा प्रयोग गर्न सकिन्छ ।

यो पनडुब्बी दुवै तट र समुद्र बीचमा तैनाथ गर्न सकिन्छ। यो पनडुब्बीको ट्रायल भइसकेको छ । वागीरले १ फेब्रुअरी २०२२ बाट आफ्नो समुद्री परीक्षण सुरु गरेर २० डिसेम्बर २०२२ मा भारतीय नौसेनालाई सुम्पिएको थियो।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ