arrow

बाँकेको सन्तानेश्वर महादेव जाने पर्यटक बढ्दै, अध्यक्ष इस्तियाक अहमदद्वारा भव्य स्वागत

logo
सौरभ गिरी,
प्रकाशित २०७९ माघ ९ सोमबार
Banke-santaneshwor.jpg

नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिका स्थित सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन् । नरैनापुर ६ कोहलामा सन्तानेश्वर महादेव मन्दिरको दशर्न गर्न जाने १०० बढी पर्यटकहरुलाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार बिहान भव्य स्वागत गरेका छन् । 

सन्तानेश्वर महादेव मन्दिर जान तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्वार पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकिय सचिव बिरजेन्द्र यादव, धिरज खड्का,  नरहरिनाथ योगी लगायतले स्वागत गरेका थिए । 

नरैनापुर गाउँपालिका भित्रीएका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष शाहले फुल र पानी दिएर स्वागत गरेका थिए ।

पर्यटकहरुसंग कुरा गर्दै अध्यक्ष शाहले मन्दिर जाने रोडको निर्माण नहुँदा  २ घण्टा पैदल हिँडेर जाने समस्याको अन्त्यका लागि पालिकाले योजना निर्माण गरेर अगाडि बढी रहेको बताउँदै छिट्टै पुर्वाधार निर्माण सुरु गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ