arrow

अमेरिकामा बन्दुक आतंक: यो वर्ष २३ दिनमै ३६ वटा सामूहिक गोलीकाण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
america-gun-shoot.jpg

काठमाडौं। अमेरिकामा बन्दुक आतंकका घटना निरन्तर बढ्दै गइरहेका छन्। हालै मात्र एक ७२ वर्षीय संदिग्धले शनिबार राति ठूलो एसियाली समुदाय भएको लस एन्जलस नजिकैको शहर मोन्टेरे पार्कको एक डान्स स्टुडियो र क्लबमा १० जनाको हत्या गरेको छ।

अमेरिकामा डरलाग्दो बन्दुक आतङ्क : एक वर्षमा ४५ हजारको हत्या, दैनिक एक सय २४ मारिन्छन्

आइतबार आत्महत्या गरको ती व्यक्तिलाई प्रहरीले ती हुउ क्यान ट्रानको रूपमा पहिचान गरेको छ।

सामूहिक गोलीबारीका प्रत्यक्षदर्शीहरूले ती व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र धेरै गोला बारूद बोकेको बताएका छन्। 

मृत्यु हुनेमा पाँच जना पुरुष र पाँच जना महिला रहेका छन्, धेरैजसो ५० वा ६० वर्ष उमेरका छन्, प्रहरीका अनुसार करिब १० जना घाइते भएका छन्।

अमेरिकामा डरलाग्दो बन्दुक आतङ्क : एक वर्षमा ४५ हजारको हत्या, दैनिक एक सय २४ मारिन्छन्

यसको ठीक अर्को दिन, लुइसियानाको ब्याटन रुज नाइटक्लबमा अर्को सामूहिक गोलीबारी भएको थियो। जसमा एक दर्जन व्यक्ति घाइते भएका थिए। घाइते मध्ये एकको अवस्था गम्भीर छ। 

बिहान भएको आक्रमणमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन, तर यो लक्षित थियो भन्ने विश्वास गरिएको छ।

गैरनाफामुखी संस्था गन वाइलेन्स आर्काइभका अनुसार नयाँ वर्ष अर्थात् सन् २०२३ का २३ दिनमा अमेरिकामा ३६ वटा सामूहिक गोलीकाण्ड (मास सुटिङ) भइसकेका छन्। कुनै एक गोलीबारीको घटनामा कम्तिमा ४ जनाको मृत्यु वा घाइते भएमा यसलाई सामूहिक गोलीकाण्ड (मास सुटिङ) भनिन्छ।

अमेरिकामा डरलाग्दो बन्दुक आतङ्क : एक वर्षमा ४५ हजारको हत्या, दैनिक एक सय २४ मारिन्छन्

गत वर्ष ६४८ सामूहिक गोलीकाण्ड भएको अनुमान गरिएको छ, जहाँ ती हरेक गोलीबारीमा पाँच वा पाँच भन्दा बढीको मृत्यु भएको थियो। गत वर्षको मे २४ मा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको टेक्सासको उभाल्डेको विद्यालयमा भएको गोलीकाण्डपछि गत शनिबार भएको मोन्टेरे पार्क गोलीकाण्ड सबैभन्दा घातक हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ