arrow

सिरिया हवाई आक्रमणपछि सहायता कार्यक्रम स्थगित

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
syria.jpeg
जेनेभा । संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताका लागि सिरियाको द्वन्द्व प्रभावित प्राचीन सहर पठाएका सम्पूर्ण सामानलाई फिर्ता गर्न निर्देशन दिएको छ । 
 
सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धबिरामपछि राष्ट्रसङ्घले मानवीय सहायताका लागि अति आवश्यकीय सामानलाई अलेप्पोतर्फ पठाएकोमा सरकारी तथा विद्रोही पक्षबाट युद्धबिराम भङ्ग गर्दै कारबाहीलाई तीब्रता दिन थालेपछि त्यसतर्फ सामान लिएर नजान आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको हो । 
 
करिब एक हप्तादेखि जारी युद्धबिरामलाई भङ्ग गर्दै मङ्गलबार गरिएको आक्रमणमा रेडक्रस सोसाइटीका एक स्थानीय प्रतिनिधिको समेत मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता मामिला हेर्ने संस्थाका प्रवक्ता जेन्स लार्कले बताए ।
 
रेडक्रसका सिरिया उपशाखा निर्देशकको सहायता लिई जाने क्रममा मृत्यु भएको रेडक्रसका प्रवक्ता बेनोट कार्पेन्टियरले बताए । उनले घटनामा २० सिरियाली नागरिककोसमेत मृत्यु भएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ