arrow

सयौँ बालबालिकाको ज्यान लिने खोकीको औषधि कफ सिरपबारे डब्लुएचओले थाल्यो अनुसन्धान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
who-c.jpg

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मिसावट गरिएको खोकी औषधि कफ सिरपका निर्माताहरूबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान थालेको छ। यो औषधि कफ सिरपको प्रयोग गरेका तीन देशका करिब ३०० बालबालिकाको मृत्यु भएको थियो।

यो औषधिमा फेला परेको अस्वीकार्य स्तरको विषाक्तलाई उद्धृत गर्दै डब्लुएचओले भारत र इन्डोनेसियाका ६ वटा उत्पादकहरूले यो औषधि उत्पादन गर्न प्रयोग भएको विशिष्ट कच्चा पदार्थको बारेमा थप जानकारी खोजेको छ।

यस्तै डब्लुएचओले ती कम्पनीहरूले एउटै सप्लायरबाट सो कच्चा पदार्थ लिएका थिए या थिएनन् भनेर समेत अनुसन्धान गरिरहेको छ।

कफ सिरपको सुरक्षाको विषयलाई लिएर डब्लुएचओले विश्वभरका परिवारहरूलाई यो प्रयोग गर्न अनुमति दिनेमा सोच्नेसक्ने समेत ठानिएको छ।

डब्लुएचओका विज्ञहरूले यस्ता उत्पादनहरू बालबालिकाका लागि चिकित्सकीय रूपमा आवश्यक छन् वा छैनन् भन्ने प्रमाणको मूल्याङ्कन समेत गरिरहेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

२०२२ को जुलाईपछि मिर्गौलामा तीव्र चोटसहित गाम्बियामा बालबालिकाहरूको मृत्यु हुन थालेको थियो। त्यसपछि इन्डोनेसिया र उजबेकिस्तानमा पनि बालबालिकाहरूको मृत्यु भएको थियो।

डब्ल्यूएचओले ती मृत्युहरू बच्चाहरूले सामान्य रोगहरूको लागि लिने ओभर द काउन्टर कफ सिरपसँग जोडिएको बताएको छ र जसमा डाइथाइलिन ग्लाइकोल वा इथिलीन ग्लाइकोल नामक विषाक्त पदार्थ समावेश छ।

हालसम्म, डब्ल्यूएचओले भारत र इन्डोनेशियामा सिरप उत्पादन गर्ने ६ औषधि निर्माताहरू पहिचान गरेको छ। यी निर्माताहरूले अनुसन्धानमा टिप्पणी गर्न अस्वीकार गरेका छन् भने, सँगसँगै कुनै पनि मृत्युमा योगदान पुर्‍याउने दूषित वा विषाक्त सामग्रीहरू प्रयोग गरेको विषयसमेत अस्वीकार गरेका छन्।



नयाँ