arrow

गृहमन्त्री रवि लामिछानेको संसद्मा मिडिया प्रति कटाक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
rabi-lamichhane-rsp-parliament-home-minister.jpg

काठमाडौं। प्रतिनिधिसभामा सभामुख र उपसभामुखहरूलाई बधाई दिने क्रममा उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले संसद्का हुने आरोप-प्रत्यारोप आफूलाई चासो नभएको बताएका छन्।

दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरेको आरोप लागेका गृहमन्त्री लामिछानेले आफ्नो बारेमा कसैले कुनै प्रश्न नगरोस् भन्ने आशयले पुराना कुरा नकोट्याउन आग्रह गरेका छन्। संसद्मा रोस्टममा बोल्दै उनले संसद्लाई होच्याउने , गिज्याउने नभई तार्किक बहस गर्ने ठाउँ बनाउन पर्ने तर्क गरे।

उनले मिडियालाई मिडियमका रूपमा प्रयोग गर्न सञ्चारकर्मीहरूलाई उपदेश पनि दिन भ्याए। उनले सञ्चारमाध्यमले चाहिने रिपोर्टिङ मात्र गरेमा हाम्रो आधा समय बच्ने तर्क गरे । मिडियाका बारेमा बोल्न सुरु गर्दा सभामुखले दोस्रो पटक समय सकिएको जानकारी गराउनु परेको थियो।

उनले संसद्मा होच्याउने, गिज्याउने , पुराना खाटाहरू उप्काउने कामहरू आफू र आफ्नो पार्टीबाट नहुने बताए। उनले आफूलाई पनि कसैले पुराना कुरा नउठाउन् भन्ने आशयका साथ उक्त कुरा राखेका हुन्।

उनले संसद्का बहसहरू उत्साहजनक नरहेको बताउँदै मन्त्री लामिछानेले गृहकार्यहरू गरेर बहस गर्नु पर्ने बताएका छन्। गरिमामय संसद्को समय बचाउनका लागि पनि बहसहरू गर्दा गृहकार्य गरेर आउनु पर्ने बताउँदै गर्दा सभामुखले दुई पटक समय सकिएको जानकारी दिनुपरेको थियो।

उनले राज्यका संरचनाहरू थिलथिलो बनाइएको भन्दै पुराना सरकारहरूलाई आरोप लगाए। उनले त्यही संरचना सुधार गर्न आफू लगेको र चाँडै नतिजा दिने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ