arrow

सातौँ पर्वत महोत्सव आजदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
pang-parbat-cricket-stadium.jpg

पर्वत ।  पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव सुरु हुँदै छ । यही माघ २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । 

गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गिरी पर्वतबाट सांसदमा निर्वाचित हुनुभएको हो । महोत्सवमा दुई सय ५० कक्षमध्ये अधिकांश बुकिङ भइसकेका छन् । महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ, कालीगण्डकी नदीमा ¥याफ्टिङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारको प्रदर्शनी मुख्य आकर्षण छन् । महोत्सवमा गण्डकी प्रदेश पालिकास्तरीय भलिबलसमेत आयोजना गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ