arrow

परमाणु गतिविधिलाई सीमित राख्न अमेरिकाले गरेको आग्रहमा पाकिस्तानले भन्यो ‘नो’

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
usa-pakistan.jpeg
एजेन्सी। परमाणु गतिविधिलाई सिमित राख्न अमेरिकाले गरेको आग्रहलाई पाकिस्तानले अश्वीकार गर्दै ‘नो’ भनिदिएको छ। संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधि मलिहा लोडहीले अमेरिका न्युयोर्कस्थित पत्रकार सम्मेलनमा कुरा गर्दै पाकिस्तानको परमाणु गतिविधि वन्देज नहुने स्टष्ट पारे।  
१८ जना भारतीय सेनाको मृत्यु भएको उरी आक्रमणलाई जोड्दै अमेरिकी विदेशमन्त्री जोन केरीलले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई परमाणु योजनाई सिमित बनाउन आग्रह गरेका हुन्। यद्धपि प्रधानमन्त्री सरिफले उक्त आग्रहलाई ‘नो’ सिग्नल दिँदै भारतले पनि पाकिस्तानको आकांक्षालाई बुझ्नुपर्ने तर्क गरे। लोडहीले पत्रकारहरुसँग कुरा गर्दे विश्वले सुरुमा भारतको परमाणु गतिविधिलाई प्रतिवन्ध लगाउनुपर्ने बताए। लोडहीसँगै सम्मेलनमा सहभागी रहेका पाकिस्तानी विदेश मन्त्री एजाज चौधरीले आतंककारीविरुद्ध पाकिस्तानले जति अरु कुनै राष्ट्रले काम नगरेको बताए। 
 
यहीँ विषयहरुमा केन्द्रित रहेर पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने पूर्वअनुमान गरिएको छ। यसैगरी भारतीय विदेश मन्त्री सुष्मा स्वाराजले पनि उरी आक्रमणको विषयलाई विशेष प्राथमिकताका साथ महासभामा कुरा उठाउने भारतीय संचार माध्यमहरुले जनाउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ