arrow

सुदूरपश्चिमकी उपसभामुखले दिइन् एमालेबाट राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
province-pradesh-sudurpashchim-7.jpg

अत्तरिया ।  सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिएकी छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाएकी छन् ।

विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ ।

उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गर्नुभएको थियो । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ