arrow

'राष्ट्रपतिका लागि अन्य दलसँग छलफल भइरहेको छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको बताएका छन् । डा कोइरालाले  कांग्रेसले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छलफल भइरहेको जानकारी दिएका छन् ।

 राष्ट्रपति निर्वाचनमा एमालेले राष्ट्रपतिको उम्मेदवार सहमतिमा बनाउने कोसिस गरिरहेको छ । सत्ता साझेदार दलबीच राष्ट्रपति एमालेलाई दिने सहमति रहेको छ ।

यता प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो दाबी राख्दै आएको छ ।  

उनले  सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको पनि बताए । कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ