- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । समसामयिक विषयमा छलफल गर्नका लागि माओवादीले कमिटी बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर थालेको मोर्चाबन्दी र नेपाल समाजवादी पार्टीसँग एकताबारे छलफल हुने बताइएको छ ।
नजिकै आउँदै गरेको राष्ट्रपति निर्वाचनका बारे पनि बैठकमा छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनमा एमालेले राष्ट्रपतिको उम्मेदवार सहमतिमा बनाउने कोसिस गरिरहेको छ । सत्ता साझेदार दलबीच राष्ट्रपति एमालेलाई दिने सहमति रहेको छ ।
तर एमालेबाट राष्ट्रपति बने आफू दबाबमा रहने माओवादीको ठहर छ ।