arrow

किमले लगाए उत्तर कोरियामा लकडाउन, कोरोना फैलिएको शङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
north-korea-kim-jong-un-pendamic.jpg

काठमाडौं ।  उत्तर कोरियाको राजधानी प्योङयाङमा पाँच दिनको लकडाउन लागू गरिएको छ । नागरिकहरूमा सास फेर्न गाह्रो भएपछि उत्तर कोरियाका नेता किम जोङले लकडाउन लागू गरेका हुन् ।   

दक्षिण कोरियास्थित एनके न्यूजले सरकारी सूचनालाई उद्धृत गर्दै यहाँका नागरिकमा सास फेर्न गाह्रो भइरहेको जनाएको छ ।  सरकारी सूचनामा कोरोना भाइरसको उल्लेख भने गरिएको छैन ।  श्वासप्रश्वाससम्बन्धी रोगको मात्रै भनिएको छ ।

प्योङयाङका नागरिकलाई आइतबारको अन्त्यसम्म घरमै बस्न निर्देशन दिइएको छ । किम जोङले मानिसहरूले दिनमा धेरै पटक आफ्नो तापक्रम जाँच र रेकर्ड गर्न सल्लाह दिएका छन् । प्योङयाङका मानिसहरूले लकडाउनको निर्णय अघि नै आफ्नो घरमा खानेकुरा भण्डारण गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ