arrow

जासुसी गरेको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
chinese-engineer-jailed-us-china.jpg

काठमाडौं। एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा जासुसी गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको छ । यो जासुसी उड्डयन क्षेत्रको व्यापार गोपनीयता चोर्ने प्रयाससँग सम्बन्धित रहेको छ।

अमेरिकी न्याय विभागका अनुसार ३१ वर्षीय जी चाओकुनले सम्भावित भर्तीका लागि वैज्ञानिक र इन्जिनियरहरू पहिचान गरेका थिए।

उनले अमेरिकी आर्मीको रिजर्भमा पनि भर्ना भए र भर्तीकर्ताहरूलाई झुक्क्याएका थिए।

अमेरिकी अधिकारीहरूले जीले चिनियाँ राज्य गुप्तचर इकाईको निर्देशनमा काम गरेको बताएका छन्।

गत सेप्टेम्बरमा उनलाई अमेरिकी महान्यायाधिवक्तालाई सूचित नगरी विदेशी सरकारको एजेन्टको रूपमा काम गरेकोमा दोषी ठहर गरिएको थियो। सजायमा जासुसी आरोप र अमेरिकी सेनालाई झूटा बयान दिएको विषय राखिएको छ।

न्याय विभागको विज्ञप्ति अनुसार जी एक दशकअघि विद्यार्थी भिसामा अमेरिका पुगेका थिए।

उनीमाथि जियाङ्सु प्रान्तको राज्य सुरक्षा मन्त्रालय (जेएसएसडी)लाई सम्भावित भर्तीका लागि आठ व्यक्तिको जानकारी उपलब्ध गराएको आरोप लागेको थियो।

ती व्यक्तिहरू सबै अङ्गीकृत अमेरिकी नागरिक हुन्, जो मूल रूपमा चीन वा ताइवानका थिए, केही अमेरिकी रक्षा ठेकेदारको रूपमा काम गरिरहेका थिए।

जी पनि राष्ट्रिय हितका लागि अत्यावश्यक मानिने सीप भएका विदेशी नागरिकहरूलाई भर्ती गर्ने कार्यक्रम अन्तर्गत २०१६ मा अमेरिकी सेनाको रिजर्भमा भर्ना भए। 

उनले आफ्नो आवेदन र एक अन्तर्वार्तामा झूटो बोलेका थिए कि उनले विगत सात वर्षमा कुनै पनि विदेशी सरकारसँग सम्पर्क नगरेको भनेका थिए।

पछि २०१८ को सेप्टेम्बरमा चीनको राज्य सुरक्षा मन्त्रालयको प्रतिनिधिको रूपमा एक गुप्त अमेरिकी कानुन प्रवर्तन एजेन्टलाई भेटेपछि पक्राउ परेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ