arrow

आचार्यका परिवारको सहयोगका लागि अमेरिकामा एकै दिन सङ्कलन भयो १३ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
prem-acharya.jpg

काठमाडौं ।  सङ्घीय संसद भवन नयाँ वानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारका लागि सहयोग गर्न शुरु गरिएको अभियानमा  १३ लाख अमेरिकी डलर सङ्कलन भएको छ । हाल टेक्सस, अमेरिकाबाट  सुरेश दर्पण पोखरेलले सञ्चालन गरेको 'गो फन्ड मि' अभियानमा एकै दिनमा  १३ लाख नेपाली रुपैयाँ ( १० हजार अमेरिकी डलर ) सङ्कलन भएको हो । 

१० हजार डलरको लक्ष्यसहित शुरु गरिएको सो क्यम्पियनको लक्षित रकम मात्र १ दिनमै सङ्कलन भइसकेको पोखरेलले बताए । आचार्यको परिवारमाथी परिरहेको आर्थिक भारलाई केही हदसम्म भए पनि न्यून गर्न र बाबाको असामयिक निधनबाट मर्माहत बन्न पुगेका २ छोरीहरूको शिक्षा दीक्षाका लागि व्यक्तिगत पहलमा  'गो फन्ड मि' क्यम्पियन मार्फत आर्थिक सहयोग सङ्कलन गरिरहेको अभियन्ता पोखरेलले बताए  ।  साथै क्यम्पियनमा जोडिएका संसार भरी छरिएर रहेका मनकारी दाताहरूप्रति आभार व्यक्त गरे।

सङ्कलित सम्पूर्ण रकम नियमअनुसार 'गो फन्डमि'ले लिने २.९ प्रतिशत सर्भिस रकम घटाई प्राप्त हुने सम्पूर्ण रकम स्व.आचार्यकी  श्रीमती नानुका अधिकारी आचार्यलाई यथाशीघ्र हस्तान्तरण गरिने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ