arrow

जर्मनीले ट्याङ्क पठाएसँगै रुसले बढायो युक्रेनमा आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
leopard-tank-germany-ukraine.jpg

काठमाडौं । जर्मनीले लेपर्ड २ ट्याङ्क पठाएसँगै रुसले युक्रेनमा आक्रमणलाई तीव्रता दिएको छ । जर्मनीले २५ जनवरीमा युक्रेनलाई ट्याङ्क दिने घोषणा गरेको थियो । 

युक्रेनले नेटो सहयोगी जर्मनी र संयुक्त राज्य अमेरिकाबाट शक्तिशाली युद्ध ट्याङ्कहरू पाएपछि चौथो पुस्ताका लडाकु विमानहरूका लागि पहल गरेको छ भने रुसले युक्रेनमा ठुलो आक्रमण गरेको हो ।

न्यु योर्क टाइम्सका अनुसार जनवरी २५ र २६ मा रुसी सेनाले युक्रेनी शहरहरूमा ५५ वटा मिसाइल प्रहार गरेको छ । जसमा १२ जनाको मृत्यु भएको थियो । 

युक्रेन वायुसेनाले ५५ मध्ये ४७ वटा मिसाइल नष्ट गरेको दाबी गरेको छ । युक्रेन स्टेट इमर्जेन्सी सर्भिसका अनुसार राजधानी कीभमा २० वटा मिसाइल खसेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ