arrow

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
Padam Giri minister.jpg

पर्वत । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए ।

स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टौं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए ।

“ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन”, उनले भने ।

जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र आयोजना प्रमुखलाई मन्त्री गिरीले निर्देशन दिए । 

“स्थानीयस्तरमै समाधान गर्न सकिने समस्या तत्काल समाधान गर्नुपर्छ । उल्झन देखिएमा मलाई जानकारी गराउनुहोला”, उनले भने । 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले कानुनी जटिलताका कारण कतिपय आयोजनाको काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै कानुन संशोधन गरेर पूर्वाधार निर्माण तीव्ररुपमा गर्नुपर्ने धारणा राखेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ