- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। संयुक्त राज्य अमेरिकाको नेतृत्वमा जापान र नेदरल्याण्ड पनि चीनमा चिप निर्यात नियन्त्रण गर्ने प्रयासमा सामेल भएका छन्।
संयुक्त राज्य अमेरिका, डेनमार्क र जापानका अधिकारीहरूले चिनियाँ कम्पनीहरूलाई के के आपूर्ति गर्न सकिन्छ भनेर नयाँ सीमाहरू तोक्न वार्ताको निष्कर्ष निकाल्ने कार्यक्रम रहेको ब्लूमबर्गले रिपोर्ट गरेको छ।
चिप नियन्त्रणको विषयमा तीन पक्षबिच भएको वार्ता गोप्य रहेको बताइएको छ । ब्लूमबर्ग रिपोर्टले यी प्रतिबन्धहरू लागु गर्ने तर, सार्वजनिक घोषणाको लागि कुनै योजना नरहेको जनाएको छ।
यसअघि वाशिङटनकै अनुसार चीनमा डच र जापानी निर्यात नियन्त्रण जनवरीको अन्त्यसम्ममा टुंगो लाग्न सक्ने रिपोर्ट आएका थिए।
तीन देशका लिडरहरू जापानका प्रधानमन्त्री फुमियो किशिदा, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टे र अमेरिकी राष्ट्रपति जो बाइडेनले यस महिनाको सुरुमा चीन विरुद्ध निर्यात नियन्त्रण लगाउने योजनाबारे छलफल गरेका थिए।
ब्लूमबर्गका अनुसार जापान रनेदरल्याण्डले चीन विरुद्धको प्रतिबन्ध अमेरिकाको जस्तै नबनाए पनि यसले बेइजिङलाई सबैभन्दा उन्नत प्रकारका सेमी कन्डक्टरहरू निर्माण गर्ने प्रविधिबाट टाढा पार्ने भने बताइएको छ।