arrow

मधेस प्रदेश :

आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
saroj-kumar-yadhav.jpg

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिए । यसअघि उनले आजसम्म विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए ।

“आजसम्म मन्त्रिपरिषद् विस्तार गरौँला भन्ने थियो”, मुख्यमन्त्री यादवले भने, “प्रदेश प्रमुख र मेरो समय व्यवस्थापनका कारण ढिला हुन गयो । अब आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

बिहीबार विभागीय जिम्मेवारी पाउनुभएका मधेस प्रदेश सरकारका तीन मन्त्रीले जिम्मेवारी सम्हालेका छन् ।

नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजयकुमार यादवले आज अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ