arrow

रविको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : उपाध्यक्ष शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १४ शनिबार
NRNA_1618131765.jpg
फाइल तस्बिर

लण्डन्। गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. हेमराज शर्माले गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतले शुक्रवार दिएको फैसलाले एनआरएनहरूलाई कुनै असर नपर्ने बताएका छन्।

डा. शर्माले फैसलाले ‘गैर आवासीय नेपालीको एक पटकको नेपाली सधैँको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा सत्यता नरहेको बताए।

सङ्घ पूर्व महासचिव समेत रहेका डा.शर्माले भने 'कसैलाई राजनीति गर्न मन लाग्यो विदेशी नागरिकता त्याग्ने बित्तिकै नेपालको नागरिकता पुनः प्राप्ति गर्न सक्छ । पहिलेको प्रस्तावित कानूनमा नेपाल फर्केर ५ वर्ष बसेपछि मात्र राजनीतिक अधिकार प्राप्त गर्ने थियो तर अहिलेको कानून यति धेरै उदार बनाइएको छ कि नेपाल फर्केको भोलिपल्ट देखि नै राजनीतिमा प्रवेश गर्न पाए छन । यो उदार व्यवस्थालाई  सही किसिमले सदुपयोग गर्न सक्नु पर्छ।'

उनले 'प्रश्न नागरिकता पुनः प्राप्ति गर्न सम्बन्धित निकायमा निवेदन दिनुपर्छ वा पहिलेको नागरिकता स्वतः ब्युँतिन्छ भन्ने थियो तर अदालतले निवेदन दिनुपर्छ भन्ने फैसला गरे पछि पुनः नागरिकता लिने बाटो प्रस्ट पारेको' बताए।

डा शर्माले 'फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैर कानुनी हुँदो रहेछ भनेर गैर आवासीय नेपालीहरूलाई थप सचेत बनाएको' बताए।

उनले गैर आवासीय नेपालीहरूको सम्पत्तिको अधिकार प्रस्ताविक गैर आवासीय नेपाली सम्बन्धी ऐनमा विशेष व्यवस्था  हुने बताए। 

डा. शर्माले संविधानमा प्रस्तावित गैर आवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्थाले नेपालको पैतृक सम्पत्ति, अंशबन्डा, अपुताली लगायतका सम्पत्तिको अधिकार सुनिश्चितता गरेको बताए।

डा. शर्माले 'बाहिर बस्ने नेपालीको नागरिकतालाई सम्बोधन गर्न संविधानको धारा १४ मा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको बताए । उनले रबी लामिछानेको विपक्षमा आएको फैसला पछि पनि संविधानका भएका यी विषयहरू यथावत् नै रहने' बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ