arrow

शुभ र काल योग परेको दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ माघ १५ गते आइतबार, इस्वीसंवत जनवरी २९ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार माघशुक्लपक्षको अष्टमी तिथि रहनेछ ।

नक्षत्रमा भरणी, विष्कुम्भादि योगमा शुभ, करणमा बब, आनन्दादि योगमा काल रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । दिनमान २६ घटि ५५ पला अर्थात १० घण्टा ३५ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः४० बजे हुनेछ । आज कुष्ठरोग दिवस ।

आजको राशिफल

मेष : आजको दिन कान्ति तथा रुपरङ्ग र शारीरिक आकर्षण बढ्नेछ । मानप्रतिष्ठा पनि बृद्धि हुनेछ । भने मिठो खानेकुरा प्राप्ति हुन सक्नेछ । व्यवसायबाट धन लाभ हुने एवं भौतिक सुख र आत्मसन्तुष्टि मिल्नेछ । अभिष्टकार्यमा सफलता मिल्न सक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्न सकिने छ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिन सक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइने छ । नयाँ लगानीको प्रस्ताव आउन सक्ने छ भने लगानी भएको शेयरमा बृद्धि हुनाने छ । आज तपाईले भगवान श्री गणेशको भक्ति स्तुति एवं उपाशना गर्नु विशेष शुभकर हुनेछ ।

वृष : आजको दिन सामान्य कार्यमा पनि बढी संघर्षको सामना गर्नपर्ने देखिएको छ । साविकभन्दा बढी कोसिसले मात्रै थोरै सफलता मिल्नसक्ने छ । अपेक्षित तथा आश्वासन पाएको काम फत्ते नहुँदा मानसिक अशान्ति बढ्न सक्ने छ । भने अप्रत्यासित खर्चका बहाना बढ्न सक्ने छन् । सोँचविचार नपुर्याई गरिएको कार्यले खतिक्षति तथा पश्चाताप हुनसक्ने सम्भावना रहेको देखिन्छ । फजुल यात्रा हुनसक्ने पनि सम्भावना छ । मान्यजनलाई भेट्घाट गरी खर्चको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । यहाँका लागि आज तीन अंक, पहेंलो रङ्गको प्रयोग शुभप्रद हुनेछ बिघ्नहर्ता श्री लम्बोदर भगवानको उपाशना गर्नु शुभदायक हुनेछ ।

मिथुन : आजको दिन यद्यपि विशेष विशेष कामकार्यमा ग्रहको केही बाधाअबरोध देखिन्छ नै तथापि दिन उद्यमिलो छ ।आज प्रसस्त शारीरिक जोशजाँगर बढेर आउने हुनाले निकै पुरुषार्थ गर्नसकिने र कामकार्यमा पनि मनग्य मनलाग्ने छ । नयाँ काम कार्यको योजना निर्माण गर्ने तथा घनिभूत छलफल हुन सक्ने छ । आफन्तीजनसँग भेटघाट हुनाले नातासम्बन्ध नविकरण गर्ने मौका मिल्नेछ । विशेष एवम् महत्त्वपूर्ण काममा आउने बाधाब्याबधान निवारणको लागि हनुमान भगवानलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु शुभ हुनेछ ।

कर्कट : आजको दिन बोलीवचनको प्रभाव सकारात्मक पर्ने ग्रहयोग परेको छ । संभाषण आदिमा माधुर्यताको विकास हुने र मान्छेहरु आकर्षित गर्न सकिने छ । समुन्नती हुने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ । परिवारमा नयाँ सदस्य वा नाता-कुटुम्ब अर्थात परदेशी कसैको आगमनले तथा कसैकसैकोमा शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो बन्नेछ । परपाहुनाको सेवासत्कारमा अल्लि व्यस्त पनि हुनपर्ने सम्भावना रहनेछ । भगवान श्री गणेशको दर्शन भक्ति तथा सेवासत्कार शुभदायक हुनेछ ।

सिंह : आजका दिन यद्यपि मानप्रतिष्ठा बढ्ने, उच्चस्तरसंग सम्पर्क स्थापित हुनेछ । तथापि गोचरले ठूलो सपना देखाउने र थोरै उपलब्धि दिनसक्ने छ भने बढी अपेक्षा गरिएको काममा ढिलासुस्ति हुने सम्भावना छ । आश्वासन मिलेको ठाऊँबाट हुनपर्ने कार्यलाभ हुन अल्लि कठिनाई पर्नसक्ने छ । सामान्य दैनिकी कामकार्य स्वभाविकै रहने देखिन्छ । हृदयदेखिनै भगवान हनुमानदेवको सेवाश्रद्धा तथा भक्तिभाव गर्नाले ग्रहजनित अबरोध कम हुन गई समाजसेवा, राजनीति आदि क्षेत्रमा हैसियत बढ्ने र व्यवसायिक कार्यमा सफलता थपिने छ ।

कन्या : आजको दिन आम्दानी हुनखोज्ने खालको छ । अबरोधको बाबजुत पनि केही कामकार्यमा सफलता मिल्नगई केही आर्थिक सङ्कलन हुनजाने छ । अल्लि बढी अपेक्षा गरेको तथा महत्वपूर्ण ठानिएको कार्यबाट भने आर्थिक लाभ हुनलाई कठिनाई पर्नसक्ने छ । सामान्य कामकार्य साविकै चल्ने छन् । पेशा एवम् व्यवसायमा ठिकै सफलता मिल्नेछ । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुने दिन रहेको छ । आज यहाँका लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । मुख्य कार्यमा आउने बाधाब्याबधानको निवारणको लागि भगवान सूर्यनारायणको भक्तिभाव गर्नु उपयुक्त हुनेछ भने मान्यजनको आर्शिवाद लिनु पनि शुभकर हुनेछ ।

तुला : आजको दिन अनुकूलोन्मुख एवं भाग्यप्रद छ । धार्मिक-आध्यात्मिक सत्चिन्तनको विकास हुने तथा सात्त्विक विचार र आस्थामा प्रगाढता आउनेछ । कामकार्यमा आएका अवरोध एवं अपजश हट्दै जाने तथा लाभ एवं सफलता हातपार्न सकिने देखिएको छ । उच्चवर्गसँग संपर्क विस्तार हुनेछ भने सोले महत्वाकांक्षा पनि बढ्नसक्ने । जिम्मेवारी एवं मनोबल उच्च हुनेछ । व्यवसायिक क्षेत्रबाट यथोचित लाभ हातपर्ने छ । कसैकसैलाई अल्लि बढी महत्त्वाकांक्षा बढ्नाले केही मानसिक तनाब नबढ्ला भन्न भने सकिँदैन । विशेष कार्यक्रममा सहभागिताको निमन्त्रणा मिल्न सक्छ भने किशोर किशोरीहरुको लागि प्रेमसम्बन्ध सार्थक बन्न सक्ने छ ।

वृश्चिक : आजको दिन बाधा अड्चनको सामना गर्नपर्ने छ । सानो कार्यमा पनि संघर्षले मात्रै सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउनु होला । शत्रुपक्ष सक्रिय हुन सक्ने र कार्यक्षेत्रमा केही अवरोध आउनसक्ने छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नाले अन्तिममा केही सहज हुने देखिन्छ । अप्रत्यासित उपलब्धि तथा लाभ मिल्नसक्ने पनि देखिएको छ । आज तपाईले बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ ।

धनु : आजको दिन आमोद-प्रमोदको चाहनामा वृद्धि हुनगई विपरित लिङ्गी तर्फको आकर्षण बढ्ने छ । कसैकसैलाई अवैद्यकर्म प्रतिपनि लालचा बढ्ने खतरा देखिन्छ । व्यवसाय केही उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभ सन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । रमाइलो स्थानको यात्रा हुन सक्ने तथा आफन्तीजनसँग भेटघाट हुनपाइने छ । विवाहको प्रस्ताव आउन सक्ने तथा प्रेमसम्बन्ध गाँसिन सक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने ऋद्धिसिद्धिपते श्री गजाननन्को दर्शनभक्ति गर्नुले शुभत्वलाई बृद्धि गर्न मद्दत हुनेछ ।

मकर : आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्य चुम्न साढेसातीको दुष्प्रभावले कठिन देखिएको छ । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । साढेसाती शनिको दुष्प्रभाव हटाउन उपयुक्त उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । लक्ष्मीको कृपा हुनेहुनाले व्यवसायिक उन्नति हुन गई आर्थिकभार हल्टो हुनेछ । वातवायु एवम् स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावना छ स्वास्थ्यमा ख्याल पुर्याउनु होला ।

कुम्भ : आजको दिन तपाईँको विचारमा रणनीतिक सिद्धान्तले प्रसय पाउनेछ । व्यवहारमा केही अहंभावको पनि झलक नआउला भन्नसकिन्न । तथापि विद्या विनयता र तर्कबल एवं प्राज्ञिककर्मले उदाहरणीय भूमिका प्राप्त गर्न सकिनेछ । नीतिगत तथा कुट्नैतिक कार्यको प्रस्तुतिमा सफलता र प्रशंसा पनि मिल्ने छ । कलाकौशलता बढ्दो रहनेछ भने दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यापार व्यवसायबाट लाभ एवम् सन्तुष्टि मिल्ने छ । सन्तानको क्षेत्रमा देखिएको समस्यामा कमी आउनेछ । विद्यार्थीवर्गले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । विद्वतवर्गका व्यक्तिलाई ज्ञानविवेकको प्रशंसा मिल्ने योग छ, भद्रतालाई बढाउनुपर्ला । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्न सकिने छ ।

मीन : आजको दिन अलमलप्रद छ । अदृष्य रोकावटले काम कार्य क्रमशः अघि बढ्न अल्लि नपाउने सम्भावना छ । विचारमा पनि संकिर्णता आउनसक्ने छ भने संसर्गिसँग कटुता बढ्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । पारिवारिक एवम् कार्यक्षेत्र आदिमा बाधा ब्यावधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्नेछैन । खासै वास्ता नगरेको व्यक्ति तथा पक्ष वा कार्यबाट लाभ र उपलब्धि तथा सफलता मिल्नजाने छ । आज तपाईलाई चार अङ्क, सेतो तथा रातो रङ्गको प्रयोग र बाधाबिघ्न निवारणको गौरीनन्दन श्री गणेशको श्रद्धाभक्ति एवं आराधना गर्नु शुभ हुनेछ ।

साइतः सूर्य मकर चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः५५ बजेदेखि      ०८ः१४ बजेसम्म    उद्वेग बेला
बिहान ०८ः१४ बजेदेखि      ०९ः३३ बजेसम्म    चर बेला
बिहान ०९ः३३ बजेदेखि      १०ः५३ बजेसम्म     लाभ बेला
बिहान १०ः५३ बजेदेखि       १२ः१२ बजेसम्म    अमृत बेला
बिहानमा १२ः१२ बजेदेखि       १ः३१ बजेसम्म   काल बेला
दिनमा १ः३१ बजेदेखि        २ः५० बजेसम्म     शुभ बेला
दिनमा २ः५० बजेदेखि        ४ः०९ बजेसम्म    रोग बेला
साँझ ४ः०९ बजेदेखि        ५ः२८ बजेसम्म     उद्वेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ