arrow

बङ्लादेशमा फेरी पल्टिँदा १० को मृत्यु, ११ जना बेपत्ता

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
feribangkladesh.jpeg
ढाका । यात्रुले खचाखच भरिएको फेरी पल्टिँदा बङ्लादेशमा बुधवार १० जनाको मृत्यु भएको छ । घटनामा ११ जना बेपत्ता भएको बताइएको छन् । फेरीमा रहेका केही यात्रु पौडिन लाग्दा अन्य यात्रु डराएपछि फेरी असन्तुलित भई पल्टिएको प्रहरीले बताएको छ । 
 
सो फेरीमा ७० देखि ८० जनासम्म यात्रु रहेकाले फेरीले धान्न नसकी दुर्घटना भएको प्रहरीको भनाइ छ । बङ्लादेशमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गर्दछन् । हरेक वर्ष खचाखच यात्रु वोकेका कारण फेरी दुर्घटना भई सयौँको मृत्यु हुने गरेको छ । गत वर्ष फेव्रुअरीमा भएको फेरी दुर्घटनामा ६९ जनाको मृत्यु भएको थियो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ