arrow

क्रिकेट संघका पदाधिकारीको राजीनामा मागे केन्द्रीय सदस्यहरुले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
nepal-cricket-association.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीको राजीनामा मागिएको छ । क्यानका सातजना केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् ।

उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् । 

नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको आरोप लगाउँदै केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पदाधिकारीको राजीनामा मागेका हुन् ।


राजीनामा दिएर नेपाल टी–२० लिगमा भएको फिक्सिङ घटनाको छानबिनमा सघाउन उनीहरुले आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ