arrow
ADVERTISEMENT

रवि लामिछाने फेरि बने रास्वपाको सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
rabi-lamichhane-rsp-parliament-home-minister.jpg

काठमाडौँ। रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति चयन भएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिएको हो ।

यसअघि सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पाउने प्रक्रिया नगरेको कारण लामिछानेको सांसद पद खारेज गरेको थियो। यससँगै उनी रास्वपाको सभापतिबाट पनि बाहिरिएका थिए ।

तर, आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता फेरि प्राप्त गरेसँगै उनी फेरि रास्वपको सभापति बनेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ