arrow

कान्छा जिल्ला अध्यक्ष बने अनुपम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
yogendra-anupam-gc-nebisangh.jpg

रोल्पा । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जीसी नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देशकै कान्छो महाधिवेशन प्रतिनिधि बनेका जीसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले रोल्पाको जिम्मेवार दिएका हुन् ।

आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघलाई विजयी बनाउने र निर्धारित समयमा नै संघको अधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ जीसीलाई केन्द्रीय समितिले कार्यभार प्रदान गरेको जनाएको छ । 

२०७१ सालबाट नेविसंघमा आबद्ध हुँदै विभिन्न मावि तथा क्याम्पसको नेतृत्व गर्दै  विद्यार्थी राजनीतिमा प्रवेश गरेका जीसी सानै उमेरमा जिल्ला हाँक्ने अवसर पाएका हुन् । 

अहिले जिल्ला अध्यक्ष रहेकाहरूमध्ये पनि जीसी कान्छा जिल्ला अध्यक्ष हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ