arrow

चेम्बरको आयोजनामा कर्पोरेट गल्फ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
Corporate Golf final.jpg

काठमाडौं । पर्यटन प्रर्वद्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । 

सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘कर्पोरेट गल्फमार्फत मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ । गल्फ मार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपुर्ण सहयोग पुग्छ भन्ने मैले अपेक्षा गरेको छु, ।’

गल्फ खेलमार्फत पर्यटन विकास पनि हुने भएकाले देशव्यापी बनाउन आवश्यक रहेको अध्यक्ष मल्लको भनाई छ । गल्फ खेलले शारीरिक विकास र मनोरञ्जनसँगै मानसिक स्वास्थ्यमा पनि सहयोग पुर्याउने भएकाले यसलाई ब्यापक बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । 

रोयल नेपाल गल्फ क्लवसँगको सहकार्यमा चेम्बरले आगमी वर्ष पनि गल्फ प्रतियोगिता लाई निरन्तरता दिने उनले बताए ।

गल्फ क्लवका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकासमार्फत पर्यटन प्रर्वद्धन गर्न सकिने बताए । 

यसका लागि निजी क्षेत्रको सबै भन्दा पुरानो संस्था चेम्बरसंग १ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लव सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । 

शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मानसमेत गरे । पुरुषतर्फ नीतिममनी राजभण्डारी र महिलातर्फ आर्सिया बानुले पुरस्कृत भए । 

यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत पुरस्कृत भए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ