arrow

पहिलो पटक भारत छक्का बिना विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
t20-india-nz.jpg

काठमाडौं । पहिलो पटक भारतले टी–२० क्रिकेटमा छक्का बिना नै जित हासिल गरेको छ । न्यूजिल्याण्डविरुद्धको दोस्रो टी–२० मा भारत ६ विकेटले विजयी भएको हो । 

लखनउमा आइतबार भएको खेलमा १०० रनको लक्ष्य भारतले १ बल खेल्न बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो । 

प्लेयर अफ द म्याच सूर्यकुमार यादवले ३१ बलमा अविजित रहँदै २६ रन बनाए । कप्तान हार्दिक पाण्डेयाले २० बलमा १५ रन बनाए । इशान किशानले १९ रन जोडे । भारतको इनिङ्समा एउटा पनि छक्का सामेल थिएन । 

यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ८ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । कप्तान मिचेल सान्तनरले सर्वाधिक १९ रन बनाएको इनिङ्समा भारतका लागि आर्शदीप सिंहले २ विकेट लिएका थिए । 

यो जितसँगै भारतले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । तेस्रो तथा निर्णायक खेल बुधबार हुनेछ । पहिलो खेलमा न्यूजिल्याण्ड २१ रनले विजयी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ