arrow

बोतल विदेशी ब्राण्डको, मदिरा नक्कली, संलग्न आरोपमा तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
madira.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौं । राजधानीमै विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने कारखाना रहेको पाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको अनुगमन टोलीले बजार अनुगमन गर्ने क्रममा उक्त तथ्य फेला परेको हो । बजारमा विभिन्न ब्रान्ड र लेभलका स्वदेशी तथा विदेशी नक्कली मदिराको बिगबिगी देखिएपछि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ । ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक निरज उप्रेती, काठमाडौंको गोंगबु मित्रनगरस्थित एसटी लिक्विर स्टोरका सञ्चालक धर्मी गौडेल र सिन्धुलीका गणेशबहादुर रानामग पक्राउ परेका हुन् ।

त्यस्तै प्रहरीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको खाली बोतल, राजस्व, अन्तःशुल्कको प्रयोग गरिएका स्टिकर तथा लेबलिङ एवं प्याकेजिङ गर्ने सामान र मेसिनलगायत विभिन्न सामग्रीसमेत बरामद गरेको छ । 

प्रहरीले बजार अनुगमनका क्रममा नक्कली गोल्डेनवाक ६ बोतल, ८ हजार ८ सय ४८ भोड्का ४८ बोतल, मुगलान ४ सय २० बोतल, २ हजार २० एफल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान भोड्का १ सय ३२ बोतलसमेत बरामद गरेको छ ।

एकातिर सरकारले महँगा विदेशी मदिरा आयात नियन्त्रणको प्रयासमा जुटिरहेको बताइरहँदा अर्कातिर यसरी राजधानीमै नक्कली मदिरा बनाएर बजारमा छ्यापछ्याप्ती पुर्याउन थालेपछि व्यापारीहरुको सातो गएको छ । 

त्यसो त स्वदेशी भन्दा विदेशी मदिरामा लठ्ठ हुनेहरुलाई फेरि एक पटक झड्का लागेको छ । यसै त मदिराको नशामा पर्नु त्यसमाथि महँगो पिउने नाममा नक्कलीमा पर्नुले भने समस्या थपेको छ । 

प्रहरीले नक्कली मदिराको नेक्सस ठूलै रहेको अनुमान गरेको छ । अनुसन्धान जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ