arrow

बलात्कार आरोपी सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्न क्रिकेट संघलाई हतारो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
sandeep-lamichhane3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोपी पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका लागि हतारो देखाएको छ । आज पोखरामा बस्दै गरेको क्यानको बोर्ड बैठकमा सन्दीपको निलम्बन फुकुवा पनि मुख्य एजेन्डामा परेसँगै क्यानलाई सन्दीपको निलम्बन फुकुवा गर्न हतारो रहेको देखिएको हो । 

बोर्ड बैठकको १७ बुँदे एजेन्डामध्ये १० नम्बरमा सन्दीपमाथि क्यानले लगाएको निलम्बन फुकुवासम्बन्धी एजेन्डा बनाइएको छ । सन्दीपले बलात्कारको आरोपमा चलेको मुद्दामा अदालतबाट सफाइ पाएका छैनन् । 

तर क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीमा फर्काउने हतारो गरिरहेको छ । निलम्बन फुकुवा गर्ने एजेन्डाप्रति क्यानको आलोचना हुँदै आएको छ । फौजदारी अभियोग र नैतिकताको विषयमा क्यानजस्तो संस्थाले आँखा चिम्लिन नहुने भन्दै क्यानको आलोचना हुँदै आएको हो । 

फौजदारी अभियोग लागेका सन्दीपले शर्तसहित जमानत पाएका छन् । तर त्यही भरमा क्यानले निलम्बनबारे छलफल गर्नु नै क्यानको आलोकाँचो निर्णय भएको स्पष्टै छ । 

क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले सन्दीपको निलम्बन फुकुवाबारे अनभिज्ञता प्रकट गरे । उनले आफूले रातिमात्र एजेन्डाहरु हातमा लागेको तर यो एजेन्डा कसरी पर्यो भन्नेबारेमा आफूलाई केही जानकारी नभएको बताए । 

उनले बैठकमै यसबारेमा आफ्नो धारणा राख्ने पनि जानकारी दिँदै भने, ‘अध्यक्ष, सचिवहरुले एजेन्डा बनाउनु भएको होला । यो कसरी पर्यो मलाई पनि जानकारी भएन । अब बैठकमै छलफल होला ।’

यी हुन् बोर्ड बैठकका १७ बुँदे एजेन्डा–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ