arrow

आर्थिक संकट टार्न तत्काल कदम चाल्न नेकपा एसको आग्रह [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
ncp-united-prachanda.jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेको छ । 

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।  

प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा देशको आर्थिक अवस्था गम्भीर सङ्कटतर्फ उन्मुख भएको भन्दै मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै तत्काल समाधान गर्न आग्रह गरेको छ । 

अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ । 

ज्ञापनपत्र बुझाएपछि सो पार्टीका उपमहासचिव समेत रहेका डा विजय पौडेलले २० बुँदे सुझावमार्फत आर्थिक नीति कार्यान्वयन, युवा शक्ति विदेश पलायन रोक्नुपर्नेलगायतलाई समेटिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ