arrow

प्रयोगकर्ता ४० लाख नाघेको अवसरमा आईएमई-पेको विशेष अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
imepay-4million-downloads.jpg

काठमाडौं। मोबाइल डिजिटल वालेट अथवा अनलाइन भुक्तानी सेवा प्रदायक आईएमई-पेका प्रयोगकर्ताको संख्या ४० लाख नाघेको छ।

आकर्षक छुट र क्यास ब्याकसहित प्रमुख अनलाईन भुक्तानी सेवा प्रदायकहरुमध्ये रहेको आईएमई-पेले यस अवसरमा विशेष अवसर ल्याउने भएको छ।

प्रयोगकर्ता ४० लाख नाघेको अवसरमा आईएमई-पेले छिट्टै विशेष अफर ल्याउने तयारी गरिरहेको कम्पनीका सिनियर म्यानेजर राजु पौडेलले बताएका छन् ।

अहिले पनि अनलाईन भुक्तानी सेवा प्रदायक प्रयोगकर्ता नम्बर अथवा रजिस्टर भएको मोबाइलन नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यासब्याक दिँदै आएको छ। यस्तै अन्य नम्बरमा टपअप गर्दा २ प्रतिशत क्यासब्याक दिने गरेको छ। अधिकतम क्यासब्याक ५० रुपैयाँ रहेको छ ।

यस्तै आईएमई-पेबाट एयरलाइन्सको टिकट काट्दा पनि हरेक पटक उच्च क्यासब्याक आईएमई-पेले दिइरहेको छ। यसबाहेक आईएमई२५० प्रोमोकोड प्रयोगगर्दा थप २५० रुपैयाँ क्यासब्याकसमेत अहिले कम्पनीले दिइरहेको छ।

यस्तै वालेटमा पैसा बचत गर्दा यसले ६.४२ प्रतिशत ब्याजसमेत दिइरहेको छ। यस्तै आईएमईपेबाट आईएमई-पेमै पैसा पठाउँदा कुनै शुल्क लाग्दैन।

आईएमई-पे कसै अरु नयाँ प्रयोगकर्तालाई रिफर गर्दा २५ रुपैयाँ कमाउन सकिन्छ। यसबाहेक कम्पनीले अन्य थुप्रै अफरहरु चाँडै ल्याइरहेको बताएको छ ।



नयाँ