काठमाडौं । इस्लामिक अतिवादी समूह आइएसले र्इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ ।
यो आक्रमणबाट भने कोही पनि घाइते नभएको जनाइएको छ ।
र्इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको हो ।
सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आएका छन् ।
र्इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको हो ।
यो आक्रमणबाट कुनै क्षति नभए पनि आइएसले अब अमेरिकी सैनिकलाई सताउने आँकलन गरिएको छ । अमेरिकी सेनालेसमेत सतर्कता अपनाइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनााएका छन् ।