arrow

नेविसंघलाई वैधानिक पूर्णता दिन माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
nebisangh-2079-10-17.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले संस्थाको वैधानिक पूर्णताका लागि माग गरेका छन् । नेविसंघको महाधिवेशन पक्षधर समूह (संस्थापन इतर पक्ष) ले संघको नेतृत्वलाई पूर्णता दिनका लागि माग गरेको हो । 

समूहले चैत ५ गते त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको स्ववीयू निर्वाचन हुन गइरहेको भन्दै अहिलेसम्म नेपाली कांग्रेसको नेतृत्वको गैरजिम्मेवारीका कारण नेविसंघ एक जना व्यक्तिमा सीमित गरिनुले स्ववीयू निर्वाचनमा नेविसंघले अपेक्षित परिणाम निकाल्न कठिनाइ हुने कुरामा चिन्तित रहेकोसमेत उल्लेख गरेको छ । 

समूहले नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ को धारा ३१, ३४ र २०७८ फागुन ३ गतेको कांग्रेसको कार्यसम्पादन समितिको निर्णयको समेत प्रतिकुल हुने गरी विभिन्न जिल्ला कमिटीहरु र क्याम्पस कमिटीहरुमा एक पक्षीय र गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु पूर्णतया विधान विपरीत भएकाले तत्काल नियुक्ति बदर गर्न र सो स्थानहरुमा विविधवत रुपमा प्रतिनिधि खटाइ अधिवेशनको वातावरण तयार गर्न ध्यानाकर्षणसमेत गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ