arrow

अमेरिकाले चीनको हुवावेलाई समान निर्यात गर्न लगायो रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
huwaie.jpg

काठमाडौं। अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी कम्पनीहरूलाई चीनको हुवावेलाई धेरैजसो वस्तुहरू निर्यात गर्ने अनुमति दिन रोक लगाएको छ।

यस विषयमा जानकार तीन व्यक्तिहरूलाई स्रोत मान्दै समाचार एजेन्सी रोयटर्सले यस्तो उल्लेख गरेको हो। हुवावेले धेरै वर्षदेखि ५ जी र अन्य प्रविधिका वस्तुमाथि अमेरिकी निर्यात प्रतिबन्धको सामना गर्दै आएको छ।

तर, अमेरिकी वाणिज्य विभागका अधिकारीहरूले केही अमेरिकी फर्महरूलाई भने हुवावेलाई केही वस्तु र प्रविधि बेच्न अनुमति दिएका छन् ।

जस्तो कि सन् २०२० मा क्वालकम ईंकले हुवावेलाई ४ जी स्मार्टफोनका लागि आवश्यक चीप बेच्न अनुमति पाएको थियो।

अमेरिकी वाणिज्य विभागका प्रवक्ताले अधिकारीहरूले अमेरिकी नीति र नियमहरू निरन्तर मूल्याङ्कन गर्ने गरेको बताउँदै कुनै एक कम्पनीबारे टिप्पणी गर्न मानेनन् । ब्लुमबर्ग र फाइनान्सियल टाइम्सले पनि यसअघि यस्तै रिपोर्ट लेखेको थियो ।

अमेरिकाले चिनियाँ कम्पनीहरूलाई अनावश्यक रूपमा दबाउन राष्ट्रिय सुरक्षाको अत्यधिक व्यापक धारणाको दुरुपयोग गरेको भन्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यसको विरोध गरेका छन्।

'यो कदम बजार अर्थतन्त्रका सिद्धान्त र अन्तर्राष्ट्रिय व्यापार र वित्तका नियमहरू विरुद्ध जान्छ, अन्तर्राष्ट्रिय समुदायको अमेरिकी व्यापार वातावरणमा रहेको विश्वासमा चोट पुर्‍याउँछ र स्पष्ट प्राविधिक प्रभुत्व हो,' माओले मंगलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ