arrow

डेरी उद्योगबाट जनावरको बोसोलगायत अखाद्य बस्तु बरामद 

logo
प्रिमेश शिवाकोटी,  
प्रकाशित २०७९ माघ १७ मंगलबार
dairy-industry-animal-.jpg

रौतहट । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेको छ । मंगलबार दिउँसो छापा मार्ने क्रममा प्रहरीले सो डेरीबाट ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर ५ स्थित  पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योगबाट भैंसी सहितका विभिन्न पशुको बोसोलाई मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य बस्तुहरु बरामद गरेको रौतहट प्रहरीले जनाएको छ ।  

प्रहरीले डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी संचालन गरेका महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

संचालक मतिउल्लाहसहित त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

प्रहरीका अनुसार सोधपुछको क्रममा भैंसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट विभिन्न चोर बाटो भएर नेपालमा भित्रयाइएको बुझिएको छ ।

उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिने घिउ गौर, काठमाडौंसहित मुलुकको विभिन्न भागमा पुग्ने गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले प्राप्त सूचनाको आधारमा प्रहरीले छापा मारेको स्वीकार्य गर्दै त्यहाँ बरामद भएको अखाद्य बस्तुहरुको परिक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानून बमोजिम संचालकसहित दोषीहरुलाई कारबाही गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ