arrow

गृह मन्त्रालय माग्न रवि पुगे ओलीको घरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
kp-oli-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवै जनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ । 

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ । 

भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए । 



नयाँ