arrow

निश्चलानन्द सरस्वती महाशिवरात्रिमा अतिथि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
sankaracharya.jpg

काठमाडौं । यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको छ ।
 
पूर्वीय दर्शनका ज्ञाता निश्चलानन्द सरस्वतीलाई महाशिवरात्रि पर्वको विशिष्ट अतिथिका रुपमा निमन्त्रण गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । 

उनी फागुन ४ गते काठमाडौँ आउँदै छन् । तयारीका लागि केही दिनअघि निश्चलानन्द सरस्वतीका अन्तर्राष्ट्रिय प्रभारी डा प्रेमचन्द्र झा नेपाल आएका थिए । यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व परेको छ । 

शङ्कराचार्यको आगमनको तयारी गर्न बुधबार पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा कोषको संयोजनमा धार्मिक सङ्घ संस्थाको भेला बोलाइएको मठका पीठाधीश रमणानन्द स्वामीले जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ