arrow

कहीँ न कहीँ हरेक मानिसलाई समस्यामा पार्ने सात कुरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
chanakya43.jpg

काठमाडौं ।  चाणक्य नीतिमा सधै दु:ख र समस्या हुने ७ कुराको वर्णन गरिएको छ । यसमा पैसा, भोग-विलास, स्त्री, राजा, काल, मगन्ते र दुष्ट मानिसहरुको बारेमा आचार्य चाणक्यले बताएका छन् ।  चाणक्यका यी ७ कुराहरुले जीवनकालमा कहिँ न कहिँ हरेक मानिसलाई समस्यामा पार्ने बताउँछन् ।

चाणक्यका अनुसार स्त्री, राजा, माग्ने र दुष्ट मानिसहरुसँग जोगिएर रहनुपर्छ । यिनीहरुलाई सोच विचार गरेर व्यवहार गर्नुपर्छ । यस बाहेक भोग-विलास र पैसाको मामिलामा आफैँलाई नियन्त्रणमा राख्नुपर्छ ।  जसबाट आफ्नो बुद्धि भ्रष्ट नबनोस् । यी सबै मामिलामा सावधानी रहे मृत्युको भय कम हुनेछ ।

चाणक्य नीतिको १६ औँ अध्यायको चौथो श्लोक

कोऽर्थान्प्राप्य न गर्वितो विषयिणः कस्यापदोऽस्तं गताः
स्त्रीभिः कस्य न खण्डितं भुवि मनः को नाम राजप्रियः ।
कः कालस्य न गोचरत्वमगमत् कोऽर्थी गतो गौरवं
को वा दुर्जनदुर्गमेषु पतितः क्षेमेण यातः पथि ॥

चाणक्य नीतिमा भनिएको छ पैसा भएपछि घमण्ड आउँछ । यस्तो कोही मानिस छैन पैसा पाएर जसको बुद्धि नबदलियोस् ।

विषय वास्नामा फसेका कुनै पनि व्यक्तिको दु:ख अन्त्य हुँदैन । जो मानिस भोग र विलासमा डुबिरहन्छ आफूमाथि नियन्त्रण गर्न सक्दैन र शारीरिक रुपमा दु:खी नै रहन्छ ।
 
स्त्रीहरुको कारण हरेक मानिसको जीवनमा कहिँ न कहिँ दु:ख हुन्छ, चाहे त्यो दु:ख प्रेमको कारण पनि किन नहोस् ।

एक असल र समझदार राजा जो न्यायप्रिय हुन्छ । उसको कृपा कहिल्यै कुनै मानिस प्रति हुँदैन । यस्तो राजाले सबैलाई समान भावले हेर्छ र समय आएपछि दण्ड पनि दिन्छ । यसैले राजाको प्रिय कोही हुँदैन ।

हरेक मानिसको मृत्यु निश्चित छ । यसैले चाणक्य भन्छन् कालको नजरमा कोही जोगिन सक्दैन ।

बस्तु तथा पैसा माग्ने जुन मानिसको बानी छ यस्ता मानिसहरुले कहिले पनि सम्मान पाउँदैनन् ।

यसका साथै जो मानिस एक पटक दुष्ट वा गलत मानिसहरुको संगतमा पर्छ । उ पुन: असल मानिस बन्न सक्दैन । यदि बने पनि जीवनमा कहिँ न कहिँ गलत काम अवश्य गर्छ । खराब बानी कहिल्यै जाँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ