arrow

क्यान सचिव मल्लको राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
prasant-bikram-malla-can.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् । उनले क्यानको पोखरामा जारी बोर्ड बैठकका क्रममा मंगलबार राजीनामा दिएका हुन् । 

गत वर्ष तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए । नेपाल टी–२० लिगको गर्भनिङ काउन्सिलका अध्यक्षसमेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचना भएपछि राजीनामा दिएका हुन् । 

उनीसहित क्यानका पाँच पदाधिकारीको राजीनामा माग्दै क्यानका सात केन्द्रीय सदस्यहरुले हिजो नै ज्ञापनपत्र बुझाउँदै बैठक बहिस्कार गरेका थिए । 

नेपाल टी–२० लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता क्यान नेतृत्वको जानाजान गरेको गल्ती भएको भन्दै उनीहरुले नेतृत्वको राजीनामा मागेका थिए । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेसमेत टी–२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकाक्दै पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मल्लको राजीनामासँगै क्यानको वर्तमान नेतृत्व संकटतिर धकेलिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ