arrow

प्रतिनिधि सभा बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
parliament-2079-10-18.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । बैठकमा सांसदहरुले आफ्ना भनाइ राखिरहेका छन् । बैठकमा राप्रपाले पुनः हिन्दू राष्ट्र बनाउने दाबीसमेत गरेको छ । 

त्यस्तै ईश्वरबहादुर रिजालले दोलखामा बढेको बाँदर आतंक नियन्त्रण गरेर खाद्य सुरक्षा गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले दोलखामा बाँदर आतंक बढ्दा बसाईंसराइको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बाँदर आतंक नियन्त्रण गरेर संविधानप्रदत्त खाद्य सुरक्षाको सुनिश्चित गर्न माग गरेका उनले बाली बिमाको कार्यक्रम पनि लागु गर्न सरकारसँग माग गरे । 

जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ