arrow

केजीएफका निर्माताले गरे शाहरुखलाई अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
saharukhs.jpg

काठमाडौं । यतिबेला शाहरुख खानको फिल्म पठानको चर्चा चलिरहेको छ । शाहरुख चार वर्षपछि पठानमार्फत पर्दामा फर्किएका छन् । यसैबीच पठानको सफलतापछि शाहरुखलाई केजीएफका निर्माता हरूले अफर गरिएका खबर आइरहेका छन् ।

एक अन्तर्वार्तामा होम्बल फिल्म्सका मालिक विजय किर्गन्दुरले अहिले त्यस्तो कुनै योजना नभएको बताएका छन् । उनले शाहरुख खानसँग हिन्दी फिल्मको बारेमा कुरा नगरेको र सहयोगीलाई पनि केही नभनिएको बताएका छन् ।

पठानले ८ दिनमा भारतमा ३ सय ४८ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । भने  विश्वभर ६ सय ३४ भारतीय रुपैयाँ करोडको कुल कमाइ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ