arrow

माओवादी बैठक सरेको सर्‍यै, गृह मन्त्रालयकै दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
maobadi-kendra-maoist-centre.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै अपरान्ह ४ बजेलाई बैठक सारेको छ । बिहान ११ बजे बस्ने भनेको स्थायी कमिटीको बैठकलाई ४ बजेलाई सारेको माओवादी सचिव देवेन्द्र पौडेलले बताए ।  

अध्यक्षलगायत शीर्ष नेताको कार्यव्यस्तताले बैठक सरेको नेताहरूले बताएका छन् । ‘नेताहरुको कार्यव्यस्तताको कारण बैठक केही पर सार्नु परेको हो । ४ बजे भन्ने छ तर त्यो पनि यकिन छैन’, सचिव पौडेलले भने । 

आजको बैठकमा माओवादीलाई कार्यविभाजन गर्ने र तीन महिना कार्यायोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णय गर्ने बताइएको छ । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् । 

साथै सरकारमा पार्टीको सहभागिता, गृह मन्त्रालय र अन्य दलहरुलाई सहभागी गराउने विषय र राष्ट्रपति निर्वाचनको बारेमा पनि छलफल गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ